असोज ४, २०८३ आइतबार September 20, 2026

सेयर बजार सामान्य अंकले बढ्याे, ७५ करोड रूपैयाँकाे काराेबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो ।

योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ।

यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागि १८८५.६० को बिन्दुमा अडिएको थियो । सोही दिन ८२ करोड ७५ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।

नेप्से सुचकमा १२० कम्पनीमा वृद्धि भएको छ । ८५ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ ।   कारोबारको आधारमा कालिञ्चोक दर्शन शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ८ करोड ८१ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको करिब ३ करोडको कारोबार भएको हो ।

सोमबार १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा ओरालो लागेको छ  भने बाँकि सबैं कम्पनीहरुमा सामान्य वृद्धि भएके छ । सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । सोमबार पिपुल्स पावर ८.११ प्रतिशत र नविल प्रगति फण्डको ७.९४ प्रतिशतको सेयर कारोबार भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया