कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपाल रिपब्लिक मिडियालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

सर्वसाधारणलाई कुल ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई कुल ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया