काठमाडौंः उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुईजनाले शुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्ले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया