कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

अमेरिकी डलरको भाउमा सामान्य गिरावट – युरो ८१ पैसाले घट्यो

एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।

अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार १२ पैसाले बढेको अमेरिकी डलर आइतबार दुई पैसाले घटेर एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २५ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो ८१ पैसाले घटेको छ । आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा कायम गरिएको छ। शुक्रबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ एक पैसा कायम गरिएको थियो।

आइतबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ एक पैसा कायम गरिएको छ ।

आइतबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२६ रुपैयाँ ७ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८ पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया