कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

भारतबाट पेट्रोल, डिजेल र एलपी ग्याँसको मूल्य घटेर आयो

खाना पकाउने एलपी ग्याँस प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३३ पैसा, डिजेल ४ रुपैयाँ ११ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँस पनि प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँले घटेको छ ।

भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने भाउ घटाउनेबारे  निर्णय गरिसकेको छैन । हरेक १५–१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउने गर्दछ । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेलको १ सय ६५ रुपैयाँ, हवाई इन्धन १ सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

निगमले पछिल्लो पटक डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँले कटौति गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया