काठमाण्डौंः मोदी इनर्जीले आज बैशाख १९ गतेदेखि सर्वसाधारणका लागी आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागी आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने ७२ लाख ५० हजार कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गरेको हो ।
जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ भने ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया