कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर आजबाट बिक्रीमा, बैशाख २८ गतेभित्र आवेदन दिन आह्वान

इच्छुक संस्थापक सेयरधनीहरुले थापाथली स्थित एनआइसी एसिया क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्राइम कमर्सियल बैंक लिमिटेडले ५० हजार ६३६ कित्ता सेयर संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर बिक्रीका लागि बैंकमा निवेदन आएपछि बैंकले उक्त सेयरको बिक्री खुला गरेको हो ।

बैंकको सूचनामा आज बैशाख १९ गतेदेखि बैशाख २८ गतेभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट प्रस्ताव आह्वान गरिएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले थापाथली स्थित एनआइसी एसिया क्यापिटल लिमिटेडमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

सेयर बिक्रीको लागी संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ । उक्त म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले सूचनामा उल्लेख गरेको छ ।

सेयरको न्यूनतम खरिद मूल्य १२० रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि न्यूनतम ५ हजार कित्ताको आवेदन दिनुपर्ने छ भने अधिकतम सबै कित्ता खरिद गर्न सकिने छ । आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्ष्रमा स्पष्ट लेख्नुपर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया