कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सेयर बजार दोहोरो अंकले वृद्धि – १३ वटै उपसमूहको परिसूचक उकालो लाग्यो

नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौैंः चालु साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ विन्दुमा पुगेको छ ।

बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ । यस सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ ।

बिहीबार १६२ कम्पनीको मूल्य बढ्दा ५० वटा कम्पनीको ओरालो लागेको छ भने ६ वटा स्थिर रहेका छन् । १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया