असार २८, २०८२ शनिबार July 12, 2025

सुशासन कायम गर्नु चुनौतीपूर्ण : प्रधानमन्त्री दाहाल

पार्टी र सरकार अहिले दलितहरूको हक अधिकार स्थापित गर्ने लडाइँमा एक कदम अगाडी बढेर रेकर्ड बनाउन लागेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश वर्षे जनयुद्धबाट प्राप्त उपलब्धि र परिवर्तनलाई उल्टाउने खेल भइरहेको बताउनुभएको छ ।

नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दलितहरूलाई समावेशिता र समानुपातिक मान्यताको आधारमा, दलितको संवैधानिक अधिकार स्थापित गर्ने सम्बन्धमा प्रतिक्रियावादी र प्रतिक्रान्तिहरुले प्राप्त उपलब्धिहरूलाई उल्टाउने षडयन्त्र गरिरहेको बताउनुभयो ।

पार्टी र सरकार अहिले दलितहरूको हक अधिकार स्थापित गर्ने लडाइँमा एक कदम अगाडी बढेर रेकर्ड बनाउन लागेको बताउनुहुँदै उहाँले स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा रेकर्ड बनाउने पक्षमा रहेको बताउनुभयो ।

देशैभर दलित समुदायलाई भूमि सम्बन्धित समस्या भएकोले भूमि अधिकार दलित अधिकारसँग जोडिएकोले केही समयभित्र समाधान गर्ने सङ्कल्प लिइएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

दलितहरूको विशेषाधिकार प्राप्तिको लडाइँ अहिले पनि जारी रहेकोले संविधान संशोधन गरेर अगाडि बढाउने र सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको उच्च प्राथमिकता रहेकोले सुशासन कायम गर्न चुनौतीपूर्ण रहे पनि काम अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखिको गलत नीति, संस्कार, कार्यशैली, बेथिति र संस्थागत भ्रष्टाचारका कारणले नै मुलुकमा आर्थिक सङ्कटको स्थिति सिर्जना भए पनि समाधानका लागि सुशासन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया