श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मनाङका विद्यालयमा पुस्तक पुर्‍याउनै सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । बिस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ ।

विद्यालयमा पुस्तक पुर्‍याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेण्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन् ।

पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ । विद्यालयमा पुस्तक आउँदा विद्यालयले विद्यार्थीको हातमा छिटो आउने गरे पनि अहिले ढिला भएको उनीहरूको भनाइ छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सकस भएको छ ।

हाल मनाङमा मौसम प्रतिकूलताले गर्दा पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउन सकस भएको फु आधारभूत विद्यालयका प्रधानाध्यापक मुखिया विकले जानकारी दिए । “मोटरेवलस्थलमार्ग नहुँदा खच्चडमार्फत पाठ्यपुस्तक ढुवानी हुन्छ, तर अहिले यहाँ मौसम प्रतिकूल छ, खच्चडमार्फत पाठ्यपुस्तक लैजाने क्रममा रुझ्ने र च्यातिने समस्या हुन्छ”, प्रधानाध्यापक विकले भने ।

प्लाष्टिकमै छोपेर लैजाँदासमेत खच्चडबाट लगिदा रुझ्ने र पुरानो पुस्तक विद्यार्थीलाई दिइएकोजस्तो पनि देखिने गरेको उनले बताए । जिल्लामा नै ढिला गरी आएको पुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउन अझ सकस हुने गरेको उनको भनाइ छ ।

मनाङका लागि पाठ्यपुस्तक लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारको सापकोटा पुस्तक पसलबाट ल्याउनुपर्ने हुन्छ । पब्लिकेशनले पाठ्यपुस्तक समयमा नै पुर्‍याएको दावी गर्दै आए पनि मनाङमा नै एक महिना ढिला गरी पुस्तक आइपुगेको छ । चैत महिनादेखि नै कक्षा सञ्चालन भएको मनाङका विद्यार्थीले एक महिना पाठ्यपुस्तक बिना नै अध्ययन गरिरहेका थिए ।

हाल जिल्लामा केही छिटफुट बाहेक अन्य पाठ्यपुस्तक आइसकेको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए । “कक्षा सञ्चालन भएको एक महिना पछि मात्रै पाठ्यपुस्तक आएको छ, त्यही पनि पुरा भने आइसकेको छैन”, उनले भने ।

मनाङमा २८ मध्ये चार विद्यालयमा माध्यमिक तहसम्म अध्यापन हुन्छ । जसमा अन्नपूर्ण, भानु, लोकप्रिय र प्रकाशज्योति मावि छन् । लोकप्रिय र प्रकाशज्योति माविमा आवासीय पठनपाठनको व्यवस्थापन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार