कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

सरकार र बिमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा लगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको वैशाख १७ गते बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्ताव सरकार र बिमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा लगिने कम्पनीले जनाएको छ । साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया