कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

गुराँस, युनियन र प्राइम लाइफ मर्ज भई हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्सुरेन्स एक आपसमा मर्जर भएर आज वैशाख २६ गतेबाट एकीकृत कारोबार सुरु भएको छ ।

उक्त कम्पनीहरु एकआपसमा मर्जर भएपछि अब हिमालयन लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

यी कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र बिमा प्राधिकरणले वैशाख १३ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी तीन कम्पनी १ः१ः१ अनुपातमा मर्ज भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया