श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो ।

स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर (खाम) भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ ।

आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर भाषा लोप हुने खतरा देखिएकाले मगर भाषा संरक्षणका लागि पाठ्यपुस्तक निर्माण गरेर अध्यापन गराउने गरी अहिले पाठ्यपुस्तक छपाईको तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

“पछिल्लो समय नयाँ पुस्ताले मगर भाषामा चासो दिन छाडेका छन्, गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सक्ने कानुनअनुसार अहिले कक्षा १ मा जेठ महिनाबाट अध्यापन गरिने गरी मगर भाषाको पाठ्यपुस्तक तयार भएको छ”, घर्तीले भने, “परीक्षणका लागि यो शैक्षिकसत्रमा कक्षा १ मा मात्रै लागू गर्नेछौँ, मगर भाषाको लिपि नभए पनि बोलीचालीको भाषालाई संरक्षणमा सहयोग पुग्नेछ, नयाँ पिँढीले समेत मगर खाम भाषा बोल्न सक्नेछन् ।”

परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएका कारण भाषा संरक्षण थालिएको हो । यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएका कारण गाउँपालिकाले पाठ्युस्तक बनाएर संरक्षण थालेको हो । बच्चाले नै पहिलो भाषाका रूपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै खाम पूरै लोप हुने अवस्था रहेकाले भाषा जोगाउन पाठ्यपुस्तक नै बनाएर अध्ययन गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले खाम अध्यापनका लागि शिक्षक नियुक्तिका लागि समेत आवश्यक समन्वय गरिसकेको छ । पछिल्लो पुस्तामा खाम भाषाप्रति चासो नदेखिएकाले समस्या भएको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीय अम्मर बुढामगरले जानकारी दिए । उनले परम्पराकालदेखि चल्दै आएको भाषा संरक्षणमा गाउँपालिकाले चासो दिनु सकरात्मक भएको बताए ।

बुढामगरले भने, “खामबाट बनेका गीत अहिले सुन्न पाइँदैन, लोप भइसके, सबैले आफ्ना छोरा–नातिलाई खाम सिकाउन आवश्यक छ, गाउँपालिकाले भाषा संरक्षणका लागि अझै जोड दिन आवश्यक छ, पुर्खाको भाषा जोगाउन आवश्यक छ, कतिपयले खाम बोल्नै बिर्सेको अवस्थासमेत छ ।”

गाउँपालिकाले मगर भाषा संरक्षणसँगै गाउँपालिकाको भल्कोटमा रहेको परम्परागत पुचली नाच संरक्षणमा समेत चासो दिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार