कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

तेजावी सुन प्रतितोला एक लाख ११ हजार पचास रूपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार पचास रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी मंगलबारकै मूल्य अर्थात् एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया