श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कुल बजेटको २० प्रतिशत रकम लगानी गर्न माग गर्दै भोली माइतिघरमा शक्ति प्रदर्शन गर्दै शिक्षक कर्मचारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षकहरुका र विद्यालय कर्मचारीहरुका मागमुद्दा कार्यान्वयनका लागि शिक्षक कर्मचारीलाई विरोध प्रदर्शनमा सहभागी हुन निर्देशन दिएपछि देशैभरबाट शिक्षक र विद्यालय कर्मचारी काठमाडौं आउन थालेका छन् ।

महासंघ र शिक्षा मन्त्रालय विच भएको ५१ बुँदे सम्झौता कार्यन्वयन गर्न र शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत रकम लगानी गर्न माग गर्दै दबाबका लागि बैशाख २९ गते बृहत विरोध प्रदर्शन गर्ने भएको हो ।महासंघले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच भएको ५१ बुँदे सहमतीको कार्यान्वयनले सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन गर्ने कार्यन्वयनका लागि जोड् दिदै आएको छ ।

साथै विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ता उपलब्ध गराउन, प्रारम्भिक बालकक्षाका शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता उपलब्ध गराउन, शिक्षकको तलबमान सार्वजनिक गर्दा प्राविधिक ग्रेडको महल समेत उल्लेख गरी नियम अनुसार शिक्षकलाई प्राविधिक ग्रेड उपलब्ध गराउन लगाएतका माग राख्दै आएको छ ।

आफ्ना मागहरु सम्बोधन गराउनका लागि राज्यपक्ष समक्ष कडा दबाब सिर्जना गरी माग सम्बोधन गर्न बाध्य पार्न भन्दै बैशाख २९ गते माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार