श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शिक्षक कर्मचारीको बृहत विरोध प्रदर्शन, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

यही बजेटमा मागमुद्दा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं : नेपाल शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्ना मागमुद्दा कार्यान्वयनका लागि विरोध प्रदर्शन गरेका छन् । आज काठमाडौंको माइतिघर मण्डलामा देशै भरका शिक्षक तथा विद्यालय कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षक तथा बिद्यालय कर्मचारी गरे विरोध प्रदर्शन ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय विच भएको ५१ बुँदे सम्झौता कार्यन्वयन गर्न र शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत रकम लगानी गर्न माग गर्दै दबाबका लागि बृहत विरोध प्रदर्शन गरेका छन् ।

received_210719145066292.jpeg

सरकारले सबै भन्दा धेरै प्राथमिकतामा राख्नुपर्नेमा शिक्षक तथा कर्मचारीहरुलाई वेवास्ता गरेको, पटक पटक गरिएका सम्झौंतालाई कार्यन्वयनमा नल्याएको र कर्मचारी तथा बालकक्षाका शिक्षकलाई न्युन तलबमा काम गर्न बाध्यपारेको भन्दै विरोध गरेका छन् । उनीहरुले यही बजेटबाट शिक्षक कर्मचारीका मागहरु पुरा गर्न सरकारलाई दबाब सिर्जना गर्नका लागि प्रदर्शन गरिएको बताए ।

FB_IMG_1683893523505.jpg

साथै यही बजेटमा मागमुद्दा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । महासंघले विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ता उपलब्ध गराउन, प्रारम्भिक बालकक्षाका शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता उपलब्ध गराउन, शिक्षकको तलबमान सार्वजनिक गर्दा प्राविधिक ग्रेडको महल समेत उल्लेख गरी नियम अनुसार शिक्षकलाई प्राविधिक ग्रेड उपलब्ध गराउन लगाएतका माग राख्दै आएको छ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार