श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘सकारात्मक परिवर्तनका लागि शिक्षा’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले यही उद्देश्यलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको नवआगन्तुक विद्यार्थीको स्वागतमा शनिबार गरेको कार्यक्रमका वक्ताहरुले शिक्षालाई व्यापार बनाउन नहुने बताए ।

राष्टिय गानका सर्जक प्रदीपकुमार राई (ब्याकुल माइला)ले शैक्षिक संस्थाहरु व्यापार गर्ने थलो नभएको बताए । प्रमुख अतिथि माइलाले शैक्षिक संस्थाहरु नै इमान्दार नभएपछि अरु क्षेत्रहरु इमान्दार हुन नसक्ने बताए । कति शैक्षिक संस्थाहरु शिक्षा दिनुभन्दा पनि धन कमाउने उद्देश्यले खोलिएको चर्चा गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । यही कारण आफना नानीहरु भर्ना गर्दा स्कुलको बोली होइन, व्यवहार हेर्न उनले अनुरोध गरे ।

भक्तपुर नगरपालिका नगर शिक्षा प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगरपालिकाले नयाँंवर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरी त्यही अनुसारको वार्षिक शैक्षिक योजना सार्वजनिक गरिसकेको जनाए । शिक्षा विकास तथा समन्वय एकाई (पहिलाको जिल्ला शिक्षा कार्यालय) का प्रमुख रमेशप्रसाद मैनालीले ससाना नानीहरुको पहिलो शिक्षा स्कुलबाट नै पाउने भएकोले संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले असल बन, असल गर भन्ने मूल नारालाई आत्मसाथ गरी शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको जनाए । कार्यक्रममा स्कुलका छात्रछात्राहरुले साँंस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए । साथै अन्य विभिन्न खेलहरु पनि देखाइएको थियो । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार