श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामुदायिक विद्यालयमा भर्ना अभियानलाई तीव्रता

विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ । यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएको सामुदायिक विद्यालयहरूले जनाएका छन् ।

सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको जिल्ला शिक्षा समन्वय एकाइ सप्तरीका प्रमुख राजदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ । विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ ।

सामुदायिक विद्यालयप्रति बढ्दै गइरहेको जनगुनासोलाई ध्यानमा राखेर स्थानीय तहका शिक्षा शाखाले अनुगमनको माध्यमबाट शिक्षण कार्यलाई प्रभावकारी बनाउन थालेपछि महादेवा गाउँपालिकाको २१ वटै सामुदायिक विद्यालयमा भर्ना अभियानबाट सकारात्मक प्रभाव पर्ने महादेवा गाउँपालिका शिक्षा शाखाका प्रमुख देवकुमार यादवले बताउनुभयो ।

उहाँले समयमा भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासहित विद्यालयलाई ब्यानर बनाएर दिनुका साथै विद्यालय क्षेत्रमा घरदैलो गरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिइने प्रतिबद्धता गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र वडास्तरीय जनप्रतिनिधिलाई समेत लिएर जान आग्रह गरेको बताउनुभयो ।

महादेवा गापा –१ स्थित श्री नरबहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराका प्रधानाध्यापक नागेन्द्र प्रसाद सिंह भन्नुहुन्छ, “विद्यालय भर्ना अभियान घरदैलोमा पुग्दा शिक्षक र शिक्षिकाले बालबालिकालाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता गर्दा निजी बोर्डिङ (संस्थागत) स्कुलमा जाने विद्यार्थीलाई सामुदायिकमा भर्ना गराउन अभिभावक आइरहेको बताउनुभयो । यस वर्ष समयमै पाठ्यपुस्तक वितरण भएपछि विद्यार्थी र अभिभावक दुवै खुसी भएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार