श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेपाल लाइफको नाफा ३२९.५२ प्रतिशतले बढ्यो

चैत मसान्तसम्म एक खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ लगानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३२९.५२ प्रतिशतले बढेको छ ।

त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा करिब एक खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढेर करिब एक खर्ब ५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने महाविपत्ति कोषमा ८३ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १५.४९ प्रतिशतले बढी हो ।

कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म एक खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी उल्लेख्यरूपमा घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा करिब एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी बाँकी दाबीबापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटेर ८४ करोड रहेको छ । त्यसैगरी चैतसम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको हो ।

आठ अर्ब २० करोड चुक्ता पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुर्ई हजार ९० रुपैयाँ र औसत प्रतिफलदर १०.८४ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार