असार ३, २०८१ सोमबार June 17, 2024

श्रीमान द्वारा श्रीमतीको हत्या

आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । अटोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पाले आफ्नै श्रीमती ५० वर्षीया मोतीमाया पौडेलको हत्या गरेको छ ।

उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको हो । खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया