कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

धनगढीबाट स्रोत नखुलेको ९ लाख भारुसहित दुई युवक पक्राउ

दुवैजनालाइ आवश्यक कारवाहीका लागि राजश्व अनुुसन्धान विभाग नेपालगञ्जमा बुझाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार)सहित दुई युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए ।

उनकाअनुसार उनीहरूको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको छ । दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुुसन्धान विभाग नेपालगञ्जमा बुझाइने प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार