श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक क्यालेण्डर नियमित बनाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, रजिष्टार र विभिन्न संकायका डीनहरुले शैक्षिक क्यलेण्डर नियमित बनाउनका लागि सबै एक हुनुपर्ने बताएका छन् । विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्यालेण्डर नियमित बनाउन आवश्यक रहेको जानकारी दिँदै उपकुलपति, विभिन्न संकायका डीनहरु, विभागीय प्रमुखहरु र आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु सबै लाग्नु पर्ने बताएका हुन् ।

विश्वविद्यालयले आइतबार विश्वविद्यालयको कार्यालयमा स्नातक तथा स्नातकोत्तर तहको प्रवेश परीक्षा, सेमेष्टर परीक्षा र वार्षिक परीक्षामा भएका कमि कम्जोरीहरुलाई सुधार गर्दै आगामी शैक्षिक सत्रदेखि कसरी नियमित बनाउने सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

आइतबार ईन्जिनियरिङ र विज्ञान तथा प्रविधि संकायको शैक्षिक क्यालेण्डर नियमित बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको र बाँकी संकाय तथा मातहतका कलेजहरुसँग क्रमश छलफल गरिने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति,रजिष्टार, विभिन्न संकायका डीनहरु, विभागीय प्रमुखहरु र आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

इन्जिनियरिङ संकायका डीन इ.प्रा.देवीप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा सम्बन्धन प्राप्त कलेजहरुको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । साथै उठेका प्रशनहरुको उत्तर सम्बन्धीत डीनहरु, परीक्षा नियन्त्रक, रजिष्टार र उपकुलपतिले सम्बोधन गरेका थिए ।

कोभिडका कारण फेरबदल भएको शैक्षिक क्यालेण्डर नियमित गर्ने सवालमा बृहत छलफल भएको र छलफल अनुसार केही सत्रान्तहरुलाई खुम्च्याई नियमित गर्न प्रतिवद्धता जाहेर गरिएको छ । जसअनुसार स्नातकोत्तर तहको कार्यक्रमहरुलाई दुई वर्षे, स्नातक तहको चार वा पाँच वर्षे कार्यक्रमहरुलाई सम्बन्धीत शैक्षिक सत्रभित्र पुरा गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरीएको इन्जिनियरिङ संकायका डीन इ.प्रा.देवीप्रसाद भट्टराईले बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.यदवराज कोइरालाले विश्वविद्यालयमा भएका समस्याहरुलाई समाधान गर्नका लागि आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरुको तर्फबाट आएका सुझाबहरुलाई मनन गरी अगाडी बढ्न सबै पदाधिकारी एवं कर्मचारी, शिक्षकहरुलाई निर्देशन दिए । साथै आफ्नो कार्यकालभित्र विश्वविद्यालयलाई एक नमुना विश्वविद्यालयका रुपमा अगाडी बढाउनका लागि सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

रजिष्टार निलमणी पोखरेलले परीक्षा सम्बन्धी उठेका प्रश्नहरुलाई सहज तरिकाले अगाडी बढाउने र क्याम्पस प्रमुखहरुले दिएको सुझाबलाई जतिसक्दो छिटो कार्यन्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । ईन्जिनियरिङ संकायका इ.प्रा.डीन देवीप्रसाद भट्टराई र विज्ञान तथा प्रविधिका डीन प्रा.डा.पवनकुमार झाले कलेजहरुबाट आएका सुझाबलाई अगाडी बढाउन आवश्यक पर्ने सम्पुर्ण तयारीका लागि आफुलगायत आफु मातहतका सबै शिक्षक कर्मचारीहरु तयार रहेको जानकारी दिए । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार