श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गाउँपालिका अध्यक्ष मोक्तानको कक्षा १२ को सबै परीक्षा रद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को कक्षा १२ को सबै परीक्षा रद्ध गरिएको छ । माध्यामिक शिक्षा परीक्षा समन्वय समितिको शनिबार बसेको बैठकले उनले दिएका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको हो । उनले यो वर्ष दिएको र दिन बाँकी रहेका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बसेको बैठकले कपिलाकोट मावि परीक्षा केन्द्रबाट परिक्षा दिएका मोक्तानको शुक्रबार दिएको सामाजिक विषयको परीक्षामा अनुगमनका क्रममा २२००३१२७ सिम्बल नम्बरका २ वटा कपी फेला परेको थियो ।

उनलाई पुस्तकालय कोठामा एकान्तमा परीक्षा दिलाएको सूचनाको आधारमा समितिले अनुगमन गर्दा दुई वटा उत्तर पुस्तिका फेला पारेको थियो । सोहि दिन केन्द्राध्यक्ष विष्णुमाया योञ्जनले सो कपी रद्द गर्न माध्यामिक शिक्षा परीक्षा बोर्डलाई सिफारिस गरेर पठाएकी थिईन । समितिले उक्त सिम्बोल नम्बरका सबै कपी रद्द गर्न परीक्षा बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै समितिले केन्द्राध्यक्षले परीक्षालाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योञ्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरिक्षक गोकर्ण विक्रम शाहलाई परीक्षा अवधिभर परीक्षासँग सम्बन्धित कुनै पनि काम गर्न नदिने गरि जिम्मेवारीबाट हटाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार