असार ३०, २०८२ सोमबार July 14, 2025

देउवाले गरे कानुन समितिको सभापतित्व ग्रहण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापतित्व ग्रहण गरेका छन् ।

आज देखी सुरु भएको प्रतिनिधिसभाका १० बिषयगत समिति मध्ये कांग्रेस सभापति देउवाले कानुन समितिको अध्यक्षता गरेका हुन ।

उनले जेष्ठ सदस्यको नाताले सो समितिको सभापतित्व ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी राजनीतिक दलका अध्यक्ष मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया