काठमाण्डौंः पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थीको मृत्यु भएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवा भन्ने ठाउँमा आज मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर दिदी बहिनीको मृत्यु भएको हो ।
ट्याक्टरबाट खसेर स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गङ्गाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए ।
चालक सिटको छेउमा रहेका उनीहरू ट्याक्टरबाट खसेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई जना विद्यार्थीको मृत्यु भएपछि चालकले ट्याक्टर छोडेर भाग्दा अन्य दुई जना विद्यार्थी घाइते भएका छन् ।
घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया