असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रिय सभा बैठक : जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने

जेठ ७–९ गतेसम्म छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रिय सभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ ।

बिहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गतेदेखि सरकारका नीति तथा कार्यक्रममाथि छलफल शुुरू हुनेछ ।

राष्ट्रिय सभाको बैठकमा तीन दिन अर्थात् जेठ ७–९ गतेसम्म छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य ब्यवस्था समितिले गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया