श्रावण ३, २०८२ शनिबार July 19, 2025

पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन विज्ञको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वविद्यालयमा अध्ययन हुने पर्यटन क्षेत्रको पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन विज्ञहरूले सुझाव दिएका छन् । सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको आयोजनामा आज बुटवलमा आयोजित पर्यटन शिक्षाको पाठ्यक्रमसम्बन्धी अन्तरक्रिया बोल्दै विज्ञहरूले विश्वविद्यालयहरूमा पर्यटन तथा होटल व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण जनशक्तिले शून्य सीप हुँदा शिक्षा अनुरुपको रोजगारी पाउन नसकेको उनीहरूको भनाइ थियो ।

विश्वविद्यालयले पाठ्यक्रम सन्दर्भमा सुझाव सङ्कलनका लागि यस क्षेत्रमा रहेका होटल तथा पर्यटन व्यवस्थापन अध्यापन गर्ने शैक्षिक प्रतिष्ठान तथा उद्योग क्षेत्रका सरोकारवालासँग छलफल गरेको कार्यक्रम संयोजन श्रीप्रसाद भट्टराईले जानकारी दिए ।

विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्रकुमार न्यौपानले बौद्ध दर्शनमा रहेर पर्यटन तथा होटल व्यवस्थापन पाठ्यक्रम तयार गर्ने गरी सुझाव सङ्कलन थालिएको बताए । कार्यक्रममा ड्रिम ग्रुपका म्यानेजर राजेन्द्र पौडेलले पढ्दै गरेको विद्यार्थीले सेवामूलक क्षेत्रमा आंशिक समय काम गर्ने परिपाटीको विकास हुने हो भने विदेश जानेको सङ्ख्यामा कमी आउन सक्ने बताए ।

बुटवल मोडल कलेजका प्राचार्य नेत्र बस्यालले टुरिजमको खास अर्थलाई आत्मसाथ गरेर स्वदेशी भूगोल सुहाउँदो पाठ्यक्रमको आवश्यकता रहेको बताए । शिक्षक वरुण ज्ञवालीले उद्योग केन्द्रीत पाठ्यक्रम आवश्यक रहेको भन्दै एउटा सेमेष्टरमा कम्तीमा एउटा प्रयोगात्मक विषय हुनुपर्ने सुझाव दिए ।

अक्सफोर्ड कलेजका शिक्षक गोविन्द गाहाले होटल र उद्योगको आवश्यकताका आधारमा सीपयुक्त जनशक्तिको आवश्यकता रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवल सिटी क्याम्पस नयाँगाउँ र केन्द्रीय क्याम्पस लुम्बिनीमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषय पठनपाठन गर्दै आएको छ । शैक्षिक कार्यक्रमको पाठ्यक्रम परिमार्जनका सन्दर्भमा विभिन्न सरोकारवालासँग छलफल कार्यक्रम भइरहेको विश्वविद्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार