श्रावण ३, २०८२ शनिबार July 19, 2025

भक्तपुरका स्कुलमा अब मतदानमार्फत क्याप्टेन चुनिने

क्याप्टेनका लागि कक्षा १० का पाँंचजना छात्रा र सव क्याप्टेनका लागि कक्षा १० कै चारजना विद्यार्थी प्रतिस्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भक्तपुरको एउटा स्कुलमा शुक्रबार चुनावको झल्को दिने मिनी चुनाव भएको छ ।

एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा चुनावको झल्को दिने गरी मिनी चुनाव भएको हो । जसअनुसार स्कुलका छात्र छात्राहरुले मतदान प्रक्रियाबाट आफना नेता आफै मत दिएर छानेका हुन् ।

स्कुलमा कक्षा ६ देखि १० सम्मका ६ सय भन्दा वढी विद्यार्थी मतदानमा सहभागी भएका थिए । उनीहरुले विहान १० बजेदेखि दिउँंसो दुईबजेसम्मको समयभित्र मतदान गरेका थिए । लाइन बसेर उनीहरुले स्कुल परिसरभित्रै रहेको एउटा मतदान केन्द्रको तीन वटा बुथमा मतदान गरेका थिए । मतदान सकेपछि दिउँसोबाटै मतगणना सुरु गरिएको थियो । मत गणनापछि एक जना क्याप्टेन र अर्काे सहायक क्याप्टेन गरेर दुई जना विद्यार्थी विजयी बनेका छन् ।

मतदान अघि उम्मेदवारहरुको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । उम्मेदबार विद्यार्थीलाई त्यसका लागि कक्षाकोठा तथा दैनिक विहानको एसेम्वलीमा ठाउँं दिइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । यही नियमित प्रक्रिया अनुसार गोप्य मतदान गराइएको थियो ।

स्कुलमा भएको यो पहिलो निर्वाचन भएको स्कुलले जनाएको छ । अवका दिनमा वर्षैपिच्छे यसरी नै मतदान गराई स्कुलको विद्यार्थी नेतृत्व छनौट गर्ने योजना रहेको स्कुलले जनाएको छ । स्कुलका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुमध्ये प्रत्येक वर्षको जेठमा एकजना क्याप्टेन र अर्काै सव क्याप्टेनका लागि निर्वाचन हुने छ । पालैपाले कुनै बेला छात्राहरुमध्येबाट क्याप्टेन र छात्रहरुमध्येबाट सव क्याप्टेन त कुनै वर्ष छात्रहरुमध्येबाट क्याप्टेन र छात्राहरुमध्येबाट सव क्याप्टेनका लागि चुनाव गर्ने योजना राखिएको छ । यो वर्ष क्याप्टेनका लागि कक्षा १० का पाँंचजना छात्रा र सव क्याप्टेनका लागि कक्षा १० कै चारजना विद्यार्थी प्रतिस्पर्धामा थिए । विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन निर्वाचन गराइएको स्कुलले जनाएको छ ।

भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नगरभित्र झण्डै एक सय वटाको हाराहारीमा स्कुलहरु रहेको र ती स्कुलहरुमा फाटफुट रुपमा यसरी निर्वाचन गराई विद्यार्थी नेतृत्व छान्न लगाउने प्रक्रिया सुरु भएको जानकारी गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार