काठमाडौंः संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ।
संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘मान्य सदस्यहरु संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशोधन मस्यौदा समितिका प्रतिवेदन पेस गर्ने प्रयोजनको लागि संघीय संसदको संयुक्त बैठक मिति २०८०, जेठ १० गते बुधबार दिनको ४ बजे प्रतिनिधि सभा बैठक कक्षमा बस्ने व्यहोरा मान्य सदस्यलाई जानकारी गराउँछु।’
प्रतिनिधि सभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया