श्रावण १२, २०८१ शनिबार July 27, 2024

विस्तार हुँदै नयाँ सडक सञ्जाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मुलुकमा गणतन्त्र स्थापना भएसँगै देशव्यापी नयाँ सडक सञ्जाल निर्माणको काम पनि थालिएको छ । कम समय र खर्चमा सङ्घीय राजधानीबाट तराईतर्फको आवागमन सहज होस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक), पूर्वदेखि पश्चिमसम्मको भूभागलाई जोड्न अगाडि सारिएका पुष्पलाल (मध्य पहाडी) लोकमार्ग र मदन भण्डारी लोकमार्ग उल्लेख्य छन्।

त्यसैगरी उत्तर दक्षिण (कोशी कोरिडोर) आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) आयोजना र उत्तर दक्षिण (कर्णाली कोरिडोर) आयोजना पनि सञ्चालनमा आइसकेका छन्। तथापि सम्बन्धित निकायको लापरबाही, ठेकेदारको बदमासी, जग्गा प्राप्ति जस्ता समस्या देखाएर समय र लागत बढाउने जस्ता समस्या पनि यिनमा रहेको छ।

सुरुमा करिब ६० अर्ब रुपियाँमा निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिएको काठमाडौँ–तराईरमधेश द्रुतमार्ग आयोजनाको शिलान्यास २०६६ कात्तिक २३ गते भएको हो। २०६६/६७ को बजेट घोषणामार्फत सो मार्गको ट्र्याक खोल्ने कामको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो तर हालसम्म यसको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ। राष्ट्रिय गौरवको यस आयोजनाको म्याद थपेर मङ्सिर २०८१ सम्म सक्ने भनिएकोमा पछिल्लो पटक २०८३ चैतसम्म पुनः थप गरेको छ।

विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार, काठमाडौँको प्रस्तावित बाह्य चक्रपथको सानो खोकनादेखि बारा जिल्लाको निजगढसम्म सो मार्गको दूरी ७३ किलोमिटर रहेको छ। यो मार्गको निर्माणपछि प्रतिघण्टा ८० किलोमिटरको गतिमा सवारी गुड्ने क्षमताको हुनेछ। समतल सतहमा यो मार्गको चौडाइ २२ मिटरको हुनेछ।

आयोजनाका अनुसार प्रस्तावित द्रुत मार्गमा १.३५० किलोमिटरको सुरुङ मार्ग तथा ९६ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। यो मार्ग सिधै निजगढ जाने भएकाले बिचमा १७ किलोमिटर लम्बाइको सडकले हेटौँडालाई जोड्ने छ।

त्यसैगरी पूर्वको पाँचथरको चियो भन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म डबल लेन स्तरमा कालोपत्रेसहितको सडक निर्माण गर्ने लक्ष्यसहित अगाडि बढाइएको पुष्पलाल (मध्य पहाडी) राजमार्ग नामकरण गरी ०६४र६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो। गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार