भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

कोसी नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कांग्रेसको माग (विज्ञप्ती सहित)

कोसी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन सरकारसँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले प्रदेशको नाम ‘कोसी’ राखिएको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न माग गरेको छ । कांग्रेसका कोसी प्रदेश सभापति एवम् प्रदेश संसदीय दलका नेता उद्धव थापाले विज्ञप्ति जारी गर्दै कोसी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रदेश सभाले पहिचानविहीन नाम पारित गरेको भन्दै लामो समयदेखि पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् । तर उनीहरुको आन्दोलनबारे प्रदेश सरकारले कुनै चासो दिएको छैन । कांग्रेसले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

सभापति थापाले विज्ञप्तिमार्फत आन्दोलनकारीलाई समेत धरपकड, कर्फ्यू, लाठीचार्ज, अश्रुग्यास र गोली चलाउनेलगायत कार्य बन्द गर्न र आन्दोलन शान्तिपूर्ण गर्न समेत आह्वान गरेका छन् ।

विज्ञप्ती हेरौंः

No description available.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२०८३ भाद्र १२, शुक्रबार