श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेकपा विप्लवको नवौं केन्द्रीय समितिको विशेष वैठक कपिलवस्तुमा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको एकताको विशेष वैठक पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा शुरु भएको छ ।

कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेजमाथि समुहगत छलफल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भए पछि बसेको यो बैठकलाई एकताको बैठकको रूपमा लिइएको छ ।

बिहिबार बिहान अन्तरास्ट्रिय गित गाउदै शुरु भएको बैठकमा गत बैशाखमा एकता गरिएका माओवादी समाजवादी र श्रमिक जनता पार्टीसहितको एकता प्रक्रियालाई सबै केन्द्रिय सदस्यहरुले जोडदार तालि बजाएर खुशीयाली मनाएका थिए ।

राजनीति , संगठन, आर्थिक , सास्कृतिक, सुचना सञ्चार र विविध गरि १० ओटा एजेन्डा प्रस्तुत गरिएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्तावमाथी समुहगत रूपमा छलफल गर्न १० ओटा ग्रुपमा बिभाजन गरिएको छ भने प्रस्तावमा देशको समसामयिक परिस्थिति , आर्थिक- राजनीतिक संकट , नेकपाको ऐतिहासिक कार्यभार र पहलकदमी, आजको अन्तरास्ट्रिय अन्तरबिरोधको स्थिति ,नेपालमा कम्युनिस्ट , माओवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको ध्रुवीकरणको अपरिहार्यताका बिषयमा पार्टी दृस्टीकोण प्रस्तुत गरिएको बताइएको छ भने बैठक आगामी १३ गतेसम्म जारी रहने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार