श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दाताको सहयोगमा धार्मिक पुस्तकालय

पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी पन्ध्र सय बढी पठन सामग्री सङ्ग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् ।

रु चार लाखको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती महाराजले शुभारम्भ गरे । पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी पन्ध्र सय बढी पठन सामग्री सङ्ग्रह गरिएको छ ।

पुस्तकालयका संस्थापक श्रेष्ठले बुवा ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको बताए । उनले भौतिक संरचना र पुस्तक थप्दै जाने बताए । “धार्मिक र आध्यात्मिक पुस्तक थप्दै जान्छौँ”, उनले भने, “राधाकृष्ण मन्दिरको एउटा अभिन्न अङ्गको रूपमा पुस्तकालयलाई विकास गर्ने योजना छ ।”

राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले पुस्तकालयमा धर्म, परम्परा र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू खोजी–खोजी सङ्ग्रह गरिने बताए । उनले श्रेष्ठ परिवारले पुस्तकालयसँगै मन्दिरको भौतिक पूर्वाधार र व्यवस्थापकीय सुधारमा उल्लेखनीय सहयोग पु¥याएको बताए ।

बागलुङ–३ मा अवस्थित राधाकृष्ण मन्दिर हिन्दू धर्मावलम्बीहरूको पवित्रस्थल हो । श्रीकृणाष्टमीलगायत धार्मिक पर्वमा सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । स्थानीयवासीले मन्दिरलाई धार्मिक सत्सङ्ग र अनुष्ठानका गर्ने स्थलका रूपमा लिने गर्छन् ।

स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा राधाकृष्ण मन्दिर विकसित भइरहेको बताए । उनले वैदिक धर्म, संस्कृति र पूर्वीय दर्शन तथा सभ्याताको उत्थान एवं प्रसारमा धार्मिक पुस्तकालयले महत्वपूर्ण टेवा पुर्याउने बताए ।

उनले प्रविधि र यन्त्रमा आएको नयाँ विकासले पुस्तकालयको महत्व नघट्ने धारणा राखे । “पुस्तकालको महत्वपछि झन्–झन् बढ्छ”, उनले भने, “नयाँ–नयाँ प्रविधिको प्रयोग गरेर पुस्तकालयलाई थप सुसज्जित र समयालुकूल बनाउन सकिन्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार