असार ३, २०८१ सोमबार June 17, 2024

विवेकशील साझाको संगठन विभाग प्रमुखमा रञ्जु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विवेकशील साझा पाटीको संगठन विभाग प्रमुखमा रन्जु दर्शना चयन भएकी छन् ।

आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका ११ वटा विभागको प्रमुख नियुक्त गर्दा दर्शनालाई संगठन विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

संगठन विभागमा नियुक्त भएकी दर्शना पार्टीकी महासचिवसमेत हुन् । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उममेद्वारी दिएर चर्चामा आएकी उनी लोकप्रिय मत हाँसिल गरेपनि पराजित भएकी थिइन् ।

महामनगरको मेयरमा पराजित रन्जु गत मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत काठमाडौंबाट उम्मेद्वार रहेकी थिइन् तर जमानतसमेत जोगाउन नसकी उनले लज्जास्पद हार व्यहोरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया