श्रावण १२, २०८१ शनिबार July 27, 2024

आर्थिक संकट सम्बोधन गर्ने बजेट आएको छ : ज्ञानबहादुर शाही

सांसद विकास कोषको दुरुपयोग हुने विषयलाई कडाइपूर्वक ध्यान दिनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारको आगामी आर्थिक वर्षको बजेट वर्तमान आर्थिक संकट सम्बोधन गर्ने गरी आएको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै राप्रपाका प्रमुख सचेतक शाहीले भने, ‘बजेट त्यति नराम्रो छैन । यसलाई कार्यान्वयन गर्ने पक्ष मुख्य हुन् ।’

मुलुकको आर्थिक संकट समाधान गर्ने लक्ष्य लिएको भएकाले प्रतिपक्षमा भए पनि राप्रपाले राम्रै रूपमा बजेटलाई हेरेको शाहीको भनाइ थियो । ‘आर्थिक संकटलाई सम्बोधन हुने गरी आएको छ । बजेटका सबल र सक्षम पाटो छन्,’ उनले भने ।

सांसद विकास कोषको दुरुपयोग हुने विषयलाई कडाइपूर्वक ध्यान दिनुपर्ने शाहीको भनाइ थियो । उनले सांसद विकास कोषको लेखापरीक्षणमा ध्यान दिनुपर्ने र अनियमितता भए मुद्दा लाग्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए । स्थानीय र प्रदेश सरकार भएको अवस्थामा सांसद विकास कोष आवश्यक नभए पनि ल्याइसकेपछि एक सांसदले विरोध गर्नुको औचित्य नहुने उनको भनाइ थियो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार