चैत्र १५, २०८० बिहिबार March 28, 2024

घोराही सिमेन्टको आइपीओमा आजमात्रै आवेदन दिने पाइने

अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैशाख १९ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सो शेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया