वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

यस्ताे‍ छ आजकाे तरकारी तथा फलफूलकाे मूल्य

तरबुजा प्रतिकेजी ४०, अनार ३२० रुपैयाँ, किवि ४०० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य २५, मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग रू ९०, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , न्यूरो ७०रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३२० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया