चैत्र १६, २०८० शुक्रबार March 29, 2024

प्रभु इन्स्याेरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

११ फागुनपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रभु इन्स्याेरेन्सले ६.७० प्रतिशत  बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले ११ फागुनसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । ११ फागुनपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत २३ फागुनमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया