श्रावण ३, २०८२ शनिबार July 19, 2025

मकवानपुरको चार पालिकामा विद्यालय बन्द

आइतबारबाट शुक्रबारसम्म उपमहानगरअन्तर्गतका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित चार पालिकाले अत्यधिक गर्मीको कारण देखाउँदै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । हेटौँडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाले गर्मीका कारण विद्यार्थीमा स्वास्थ्य समस्या आएको भन्दै पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाले विगत केही दिनदेखि तापक्रम अत्यधिक वृद्धि भई दैनिक जनजीवनमा प्रत्यक्ष असर परिरहेको र त्यसको असर शिक्षण सिकाइमा समेत परेको भन्दै आइतबारबाट शुक्रबारसम्म उपमहानगरअन्तर्गतका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द रहने जनाउनुभएको छ ।

यसअघि हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले विद्यालय बन्द गर्नेबारेमा निर्णय गर्ने अधिकार वडा कार्यालयलाई दिएको जानकारी दिनुभएको थियो । बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सूचना प्रकाशित गर्दै जेठ २१ गतेबाट २७ गतेसम्म वर्षे बिदामा मिलान हुनेगरी पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बिदा दिने निर्णय भएको बताउनुभयो ।

यस्तै, मकवानपुरगढी गाउँपालिकाले आइतबार एक सूचना जारीगरी सोमबारबाट शुक्रबारसम्म पालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको जनाएको छ । उता मनहरी गाउँपालिकाले आइतबारबाट विहानी कक्षा सञ्चालन गर्नेगरी शुक्रबार निर्णय गरेकोमा आइतबार निर्णय परिवर्तन गर्दै सोमबारबाट शुक्रबारसम्मका लागि बिदा दिने निर्णय भएको छ ।

पालिकाहरुले हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुनेगरी बिदा दिने निर्णयभएको जनाएका छन् । साथै बिदाको समयमा बालबालिकालाई रचनात्मक कार्यमा लगाउन पालिकाहरुले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
२०८२ श्रावण ३, शनिबार
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार
“आजको भाग्यफल: प्रेम, पद, पैसा र परिवर्तनका संकेत : कुन राशिका लागि शुभ, कसका लागि चुनौतीपूर्ण ?”
२०८२ श्रावण ३, शनिबार
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
मुक्त कमैयाका पच्चीस वर्ष : अझै प्रतिबद्धता कार्यान्वयन भएन
२०८२ श्रावण ३, शनिबार