कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर, कतारी रियाल ३६ रुपैँया

अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ ताेकिएकाे छ भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसामा किनबेच हुनेछ ।

उता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २८ पैसा छ भनेन क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३ पैसा र बिक्रीमा ३५ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया