श्रावण ३, २०८२ शनिबार July 19, 2025

बंगलादेशमा गर्मीले हजारौं प्राथमिक विद्यालय बन्द

एयर कन्डिसनर र पंखाको माग बढेपछी बिजुली उत्पादनमा भारी कटौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौं विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । ‘सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौं,’ बंगलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भने ।

सरकारले हजार प्राथमिक विद्यालय बन्द गरेको छ । एयर कन्डिसनर र पंखाको माग बढे पनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ । सरकारले गत सोमबार खर्च अभावमा आफ्नो सबैभन्दा ठूलो पावर प्लान्ट सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।

गत वर्ष अमेरिकी डलरको तुलनामा बंगलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत् उपयोगिताको लागत बढेको छ । अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौंसम्म लोडसेडिङ भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार
“आजको भाग्यफल: प्रेम, पद, पैसा र परिवर्तनका संकेत : कुन राशिका लागि शुभ, कसका लागि चुनौतीपूर्ण ?”
२०८२ श्रावण ३, शनिबार
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार