कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आँखुखोला जलविद्युत कम्पनीले २२ असारमा साधारणसभा बोलायो

सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते बुक क्लोज गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आँखुखोला जलविद्युत कम्पनीले १५ औं वार्षिक साधारणसभा असार २२ गते बोलाएको छ । सभा, अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।

गणेश हिमाल हाइड्रोपावरले २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनामा ६० प्रतिशत लगानी गर्न र बैंकको ऋण भुक्तानी गर्नको लागि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव  पनि रहेको छ ।

सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, असार २ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया