काठमाडौः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १६० रुपैयाँ, चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५०रुपैयाँ, रहु माछा ३१५,ताजा माछा (मुंगरी) रू ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया