काठमाडौंः घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते) देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
आयोजना प्रभावित स्थानीय, कर्मचारी, म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको आईपीओमा न्यूनमात्रै आवेदन परेको छ ।
पछिल्लो समय सिमेन्टको व्यवसाय नै ओरालो लागेको बेला घोराहीले प्रस्तुत गरेको तथ्यांकमा शंका उब्जिएपछि निष्कासन गरेको आईपीओमा मागअनुसार आवेदन नपरेको देखिन्छ ।
यसको बलियो प्रमाण कम्पनीका कर्मचारीले नै आईपीओमा न्यून आवेदन दिएका हुन् । यो कम्पनीले कर्मचारीलाई तीन लाख ७७ हजार ३३१ कित्ता आईपीओ निष्कासन गरेकोमा १९ हजार ५३० जनाले मात्र आवेदन दिएका थिए । यो कर्मचारीलाई निष्कासन गरेको आईपीओको ५.१८ प्रतिशत मात्र हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया