असार ३०, २०८२ सोमबार July 14, 2025

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाई समितिमा विहान ८ बजेदेखि सुनुवाई सुरु भएको हो । कार्कीविरुद्ध ३८ जनाले २९ वटा उजुरी दर्ता गराएका छन् । समितिले बुधबार २९ वटा उजुरीकर्तासँग छलफल गरी आज कार्कीलाई बोलाएको हो ।
समितिमा कार्कीले योजना समेत प्रस्तुत गर्नुहुनेछ भने उहाँ उपर परेका उजुरीबारे पनि प्रश्न गरिनेछ । समितिले अनुमोदन गरेको अवस्थामा कार्की प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।
कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि गत वैशाख २५ गते सिफारिस गरिएको थियो । तर संसदीय समिति गठन नहुँदा सुनुवाइ हुन सकेको थिएन ।
सुनुवाइ समितिमा कांग्रेबाट रेमश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेनद्रबहादुर बार्की र रमेशजंग रायमाझी हुनुहुन्छ । साथै नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल हुनुहुन्छ । साथै नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा, जगप्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल र जसपाबाट प्रकाश अधिकारी हुनुहुन्छ  । कार्की आगामी साउन १९ गतेदेखि अवकाशमा जानुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार