असार १, २०८३ सोमबार June 15, 2026

सेयर बजार झिनाे अंकले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः चालु साताकाे कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा बिहीबार शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्री भएको छ।

यस दिन २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ । करिब १८ करोड रुपैयाँसहित कारोबार रकमसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नेपाल लाइफ इन्सुरेन्स परेका छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी चमक देखिएको छ । यसैगरी, बिमा समूहरुमा पनि सुधार जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया