असार ३०, २०८२ सोमबार July 14, 2025

सुदूरपश्चिम प्रदेशसभा : प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान छ ।

यस्तै आव २०७९/८० मा प्रदेशको आर्थिक वृद्धिदर एक दशमलव ७८ प्रतिशत रहने अनुमान छ । गत आव २०७८/७९ मा यसको वृद्धिदर चार दशमलव ७८ प्रतिशत रहेको मन्त्री शाहीले सदनलाई जानकारी गराउनुभयो । आव २०७८र८९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान सात प्रतिशत रहने अनुमान छ ।

बैठकमा त्यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले प्रदेश लोकसेवा आयोग, महालेखा परीक्षक र महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश सरकारले असार १ गते अपराह्न ४ बजेपछि बस्ने बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्न लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार