असार २७, २०८२ शुक्रबार July 11, 2025

कोसी प्रदेश सरकारले पहिचानवादीसँग भोलि वार्ता गर्ने

कोसी प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोसी सरकारले प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीसँग भोलि वार्ता गर्ने भएको छ । दुई पक्षबीच सोमबार बिहान विराटनगरको बिग होटलमा वार्ता हुने तय भएको हो ।

कोसी प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन भएको छ । समितिमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।

सरकारले वार्ता आह्वान गरे पनि पत्राचार नगरेको भन्दै पहिचानवादी वार्तामा आएका थिएनन् ।

आन्दोलनकारी पक्षले पनि वार्ता समिति बनाएको छ । समितिमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा , गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् ।

गत फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम ‘कोसी’ पारित गरेपछि आन्दोलन चर्किएको छ । यसक्रममा एक आन्दोलनरत पक्षका पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया