काठमाण्डौंः प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बैठकमा २०८०/८१ को बजेटमाथि छलफल जारी छ। मन्त्रालयगत छलफलको क्रममा शहरी विकास मन्त्रालयले पेश गरेको पुस्तिकामा प्रदेशको नामकरण नराखिएको भन्दै नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका थिए।
सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। सदनमा केही दिनयता मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया