कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आजको तरकारी तथा फलफूल मूल्य, भारतीय प्याँज ४५ रूपैयाँ केजी

केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवि.७०० रुपैयाँ, अंगुर कालो ५५०

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार मटरकोशा प्रतिकेजी न्यूनतम मूल्य १८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५, घिउ सिमी राजमा ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ८, लौका ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ९०, कागती १५० रुपैयाँ,तोरीको साग  रू ३०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवि.७०० रुपैयाँ, अंगुर कालो ५५०,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनिया ९०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २००, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया